दफा
बोर्डको भौगोलिक क्षेत्र
(१) दफा ३ बमोजिम गठन हुने बोर्डकोे भौगोलिक क्षेत्र त्यस्तो बोर्ड गठन गर्दाका बखत नेपाल सरकारले नेपाल राजपत्रमा प्रकाशन गरेको सूचनामा तोकिदिएबमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिमको बोर्डको भौगोलिक क्षेत्र कुनै कारणले थपघट वा हेरफेर गर्नु परेमा सोको पर्याप्त कारणसहित बोर्डले नेपाल सरकारसमक्ष निवेदन दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम निवेदन परेमा नेपाल सरकारले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ ।
(४) उपदफा (३) बमोजिम जाँचबुझ गर्दा बोर्डको भौगोलिक क्षेत्र थपघट वा हेरफेर गर्न उपयुक्त देखेमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी बोर्डको भौगोलिक क्षेत्र थपघट वा हेरफेर गर्न सक्नेछ ।